फुटपाथमा व्यापार गर्न पाउनुपर्ने भन्दै प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।

उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन् ।

महानगरले जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकालाई व्यवस्थापन भन्दा पनि विस्थापन गर्न खोजेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?