साफ महिला च्याम्पियसिप : नेपाल र भारत भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसीप फुटबल अन्तर्गत आज (शुक्रबार) हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

साफको महिला च्याम्पियनसीप अन्तर्गत नेपाल र भारत दोस्रो पटक सेमिफाइनलमा भिड्दैछन् । यसअघि सन् २०१६ मा भएको चौँथो संस्करणमा आयोजक भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अन्य चार संस्करणमा भने नेपाल र भारतबीच फाइनलमा भिड्न्त हुँदा भारतले नै उपाधि जितेको थियो ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ ।

नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो ।

भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ ।

समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो ।

बंगलादेश र भुटान खेल्दै

साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो ।

बंगलादेश जारी प्रतियोगितामा अपराजित छ । उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?