थप ७४ जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज १६० जना संक्रमणमुक्त भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?