आइएमई पेद्वारा ट्राफिक प्रमुखको ध्यानाकर्षण

Read Time = 1 min

काठमाडौं । ट्राफिक जरिवाना हाल आइएमई पे वालेटमार्फत् भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत चालु आर्थिक वर्षको साउनमा मात्र एक करोड ४० लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार डिजिटल वालेटमार्फत् गरेको उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई जानकारी गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने आइएमई पेका प्रमुख बस्नेतले बताउनुभयो ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनकरूपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीमा प्रयोग गराउने उद्देश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउन आवश्यक रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?