स्पेन स्तब्ध, पोर्चुगलको फराकिलो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ ।

स्वीट्जरल्यान्डले स्पेनलाई २-१ ले पराजित गर्‍यो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल ।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोल अन्तरले हराएको हो । पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे ।

खेलको ३३ औं मिनेटमा डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

खेलको ५२ औं मिनेटमा डालोटले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलले तेब्बर अग्रता बनायो । त्यसपछि खेलको ८२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई ४(० को जित दिलाए ।

यस जितसँगै लिग ए समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ । चेक रिपंलिक ४ अंक जोडेर पुछारमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?