सिन्धुली । नेपाल डेरी एसोसिएसनले ७औं विश्व स्कुल दूध दिवसका अवसरमा सिन्धुलीमा पनि स्कुल दूध दिवस कार्यक्रम आयोजना गरेको छ । ८ गते पहिलो दिनको कार्यक्रम काठमाडौंको शंखमूलस्थित दृश्य सहकारीको सहकार्यमा सहकारीको परिसरमा बालबालिकालाई दूध सेवन गराई एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले शुभारम्भ गर्नुभएको थियो ।
एसोसिएसनले तेस्रो दिन सिन्धुलीमा डेरी उद्योगी, समाजसेवी र एसोसिएसनका सिन्धुली जिल्ला संयोजक बलराम अधिकारीको सभापतित्वमा कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलको उपस्थितिमा सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीलाई दूधपान गराएको हो ।
सो अवसरमा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिपप्रसाद धमला, सदस्य रविशरण थापा, ललितपुर कोषाध्यक्ष हुद्धराज तिमिल्सिना, कमलामाई नगरपालिका पशु शाखा प्रमुख डा. रोशन कोइराला, सिन्धुली उद्योग वाणिज्य संघका महासचिव रामकुमार राजभण्डारी, भेटनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रतिनिधि प्रकाश थापालगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ । विद्यालयका प्रधानाध्यापक पोषक पौडेलले पहिले सिन्धुलीमा दूध तथा दुग्ध पदार्थ पर्याप्त नभएकाले छिमेकी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेकोमा हाल जिल्लामै दूध उत्पादन गरी प्रशोधन गरेर उपभोक्ताको घर–घरसम्म पु¥याउने काम भएको भन्दै डेरी उद्योगीलाई धन्यवाद दिनुभएको थियो ।
यसैबीच सिन्धुली जिल्ला डेरी उद्यमीको भेलाले नौ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिमा अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष लिलाबहादुर मगर, सचिव देवकुमारी कार्की, कोषाध्यक्ष उषा ढकाल र सदस्यमा गणेशबहादुर थापा, प्रयागराज खतिवडा, मानबहादुर खत्री, कृष्णजी बिक र दलुराम गौतम रहेको एसोसिएसनले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको