सल्यान दुर्घटना : मृतक आठ जनाको परिचय खुल्यो

हिमालय टाइम्स
Read Time = 2 mins

-विवेक खड्का

दाङ । सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक महिला र सात जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सात जना एकै गाउँका रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङका जीतबहादुर बोहरा र सोहि ठाउँका ३७ बर्षीय धर्मा वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो ।

यस्तै सोहि ठाउँका ४० बर्षीय टोपबहादुर वली, उहाँको छोरा ११ बर्षीय बसन्त वली, सोहि ठाउँकै ३० बर्षीय सुरेश खत्री र ७० बर्षीय खुमलाल वलीको दुर्घटनामा परी निधन भएको छ ।

यस्तै कपुरकोट–६ जलवाङकै कुमारी वली र कपुरकोट–५ रिमका ३५ बर्षीय ललित वलीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी एक जना गम्भिर घाइते भएको उहाँले बताउनुभयो । गम्भिर घाइते हुनेमा कपुरकोट–६ जलबाङकै ३५ बर्षीय तिलक वली रहनुभएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट सल्यानको कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ मुलपानीमा बुधबार बिहान साढे तीन बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?