आइएफसी र ग्लोबलबीच सहकार्य

Read Time = 3 mins

काठमाडौं । विश्व बैंक समूहको सदस्य आइएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जिटिएफपी) अन्तर्गत नेपालको ग्लोबल आइएमई बैंक लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । जुन आइएफसीको विश्वमै पहिलो ग्रिन ट्रेड फाइनान्स लाइन हो ।

बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ पार्कले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । बैंकका अनुसार नेपालजस्तो विकासशील अर्थतन्त्रमा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनन तथा ट्रेड फाइनान्स लिमिट पूर्ति गर्ने उद्देश्यले ल्याइएको हो ।

कार्यक्रममा रहेको ‘हरित’ कम्पोनेन्ट बैंकका लागि जलवायु अनुकूल व्यापार व्यवसायका लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असरलाई समेत सम्बोधन गर्छ । कार्यक्रमले ग्लोबल आइएमई बैंक र ग्राहकहका लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्ने बताइएको छ ।

सो अवसरमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने भन्दै ग्लोबल आइएमई बैंकलाई विश्वमै पहिलोपटक जलवायु अनुकूल व्यापार व्यवसायका लागि लगानी सुविधा प्रदान गरेकोमा आइएफसीलाई धन्यवाद दिनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भन्नुभयो, ‘यो आर्ईएफसीको जिटिएफपी लाइनले ग्लोबल आइएमई बैंकलाई अझ राम्रो क्षमतासाथ थप अन्तर्राष्ट्रिय बैंकसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्नेछ र बैंकलाई विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकका लागि थप कारोबार गर्न मद्दत गर्नेछ ।’

नेपालस्थित आइएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले भन्नुभयो, ‘यो कार्यक्रम नेपालको वित्तीय अभाव सम्बोधन गर्नुका साथै ऊर्जा मितव्ययी प्रविधि, सञ्चालनको दिगोपन र कार्बन उत्सर्जन कटौती गरेर जलवायु परिवर्तनको असर कम गर्नमा केन्द्रित रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?