देशभर सामान्य बदली रहने, केही स्थानमा मध्यम बर्षाको संभावना

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

शनिबार बिहान देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?