मिनेन्द्रलाई हटाएर सुजातालाई टिकट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले नेता डा. मिनेन्द्र रिजाललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएन। यसअघि मोरङको निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिएर जित्नुभएका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो।

कांग्रेसले यसअघि उहाँ उठेको क्षेत्रमा अहिले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ। मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाउनुभएको छ । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो। टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन्।

क्षेत्र नं ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ। कांग्रेस नेताद्वय महेश आचार्य र अमृता अर्यालले पनि टिकट पाउनुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?