सिटीको जित यात्रा निरन्तर

Read Time = 3 mins

लण्डन । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा अर्को जित हात पारेको छ । सिटीले शनिबार साउथहृयाम्टनलाई ४-० ले हराएको हो । सिटीको जितमा इर्लिङ हालान्ड जोआ कान्सेलो, फिल फोडान, रियाद मोहेरेजले एक/एक गोल गर्नुभयो ।

फोडानको पासमा कान्सेलोले २० औं मिनेटमा सिटीलाई अग्रता दिलाउनुभएको थियो । फोडानले त्यसको दुई मिनेटपछि दोस्रो गोल गर्नुभयो । उहाँले केभिन डि बु्रएनको पासमा गोल गर्नुभएको थियो । त्यसपछि खेलमा मोहेरेजले ४९ औं र हालान्डले ६५ औं मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाउनुभयो ।

जितसँगै सिटी शीर्षस्थानमा उक्लेको छ । नौ खेलमा सात जित र दुई बराबरीका साथ सिटीको २३ अंक छ । एक खेल कम खेलेको आर्सनल २१ अंकसहित दोस्रो स्थानमा छ । १६ औं स्थानको साउथहृयाम्टनको सात अंक छ ।

यता, अर्को खेलमा केइ हार्भेट्स, क्रिस्टियन पुलिसिस र अर्मान्डो ब्रोजाले गोल गरेपछि चेल्सीले उल्भ्सलाई ३-० गोलअन्तरले पराजित गरेको छ । जितसँगै चेल्सी प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । लिगमा चेल्सीको यो पाँचौं जित हो ।

पहिलो हाफको इन्जुरी समयमा हार्भट्सको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ५४ औं मिनेटमा पुलिससले गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो । ब्रोजाले खेल सकिन एक मिनेटअघि तेस्रो गोल गर्नुभएको थियो । जितपछि चेल्सी अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । आठ खेलमा टोलीको १६ अंक पुगेको छ । उल्भ्स ६ अंकका साथ १८ औं स्थानमा छ ।

यता, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको छ । रियलको जितमा इडर मिलिटाओले निर्णायक गोल गर्नुभयो ।

खेलको तेस्रो मिनेटमा लुका मोड्रिचको कर्नरमा उहाँले हेडरमार्फत् गोल गर्नुभएको हो । यस जितसँगै रियल शीर्षस्थानमा उक्लिएको छ । रियलले आठ खेलमा २२ अंक जोडेको छ । गेटाफे सात अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?