काठमाडौं । अखिल नेपाल किसान महासंघले बाढी, पहिरो र डुबानबाट प्रभावित जनसमुदायको यथाशीघ्र उद्धार, राहत र पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उक्त विपत्तिबाट भएको क्षतिको वास्तविक विवरण संकलन गरी किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र किसानको व्यवसाय पुनस्र्थापनासमेतका विभिन्न अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर्न पनि उसले माग गरेको छ ।
महासंघ अध्यक्ष डा. प्रेम दंगालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि देशभरका विभिन्न स्थान विशेषगरी लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ठूलोमात्रामा धनजनको क्षतिका साथै सो क्षेत्रमा बसोबास गर्ने आमसमुदायकोे दैनिक जनजीवन प्रभावित भएको छ । यस वर्ष पनि कृषि भूमि तथा कृषि तथा कृषिजन्य उत्पादनमा ठूलो परिमाणमा क्षति पुगेको छ । बेमौसमी वर्षाले किसानलाई पर्न गएको क्षतिप्रति महासंघ दुःख व्यक्त गर्दै यस विपत्तिमा प्रभावित जनसमुदायको सहयोगका लागि परिचालित हुन किसान महासंघ मातहतका सम्पूर्ण समितिहरूलाई निर्देशन गर्छ ।’
गत वर्ष परेको बेमौसमी वर्षाका कारण धानलगायतका बाली तथा काठमाडौं उपत्यकामा डिवाइ २८ धानमा बाला नलागेर किसानले भोग्नुपरेको क्षतिका लागि सरकार आफैंले घोषणा गरेको राहतसमेत एक वर्ष बितिसक्दा पनि किसानले पाउन नसकेको भन्दै महासंघले किसानप्रति सरकारको गैरजिम्मेवारीपन दोहोरिन नदिन सचेतसमेत गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच