ललितपूर । वरिष्ठ पौभा कलाकार उजय बज्राचार्यको अक्षेश्वर महाविहार, ललितपूरमा एक विशेष कार्यक्रम बीच पौभा पुस्तकको विमोचन भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथी ललितपुर महानगरपालिकाकी उपमेयर मंजली शाक्य बज्राचार्यले उत्घाटन गर्दै ललितपुर महानगरपालिका हस्तकला नगरी रहेको भन्दै यस पुस्तकले पौभा कला बारे राम्रो जानकारी दिने र हस्तकलाले देशमा बिद्यमान आर्थिक संकटबाट उकास्न टेवा दिने तथा स्वरोजगारमा पनि मद्दत गरीरहेको बताउनु भयो । प्रकाशक उजय बज्राचार्यले पुस्तकबारे प्रकाश पार्दै करिब पच्चिस बर्षको अनुभव तथा दश वर्षको अथक प्रयास पछि पुस्तक निकाल्न सफल भएकोमा खुसी ब्यक्त गर्दै पुस्तक प्रकाशन गर्न सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद दिनु भयो ।
साथै यस पुस्तकले पौभा कला बारे जानकारी दिने तथा नयाँ पुस्तालाई पौभा कला सिक्नलाई धेरै मद्दत हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले यस पुस्तकले टेवा पुर्याउने भन्दै प्रकाशकलाई बधाई दिनुभयाे । कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचन्द शाक्य, उपाध्यक्ष दिल्लि रत्न तुलाधर, उपाध्यक्ष नविन शाक्य, ललितपुर महानगरपालिका १६ वडा अध्यक्ष निर्मल रत्न शाक्य, हातेकागज संघका अध्यक्ष किरण डंगोल, वौद्ध कला ईतिहास विज्ञ संजय शाक्य, बरिष्ठ कलाकारहरु लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमको ब्यवस्थापन अक्षेश्वर महाविहारले गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच