शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्यमोहन जोशीको निधन भएको छ । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । करिव एक महिनाअघि जोशीलाई डेंगुको पनि संक्रमण भएको थियो ।

डेंगु संक्रमणपछि जोशीलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।

उपचारकै क्रममा शरीरमा अक्सिजनको कमी भएर जोशीलाई सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको थियो । अस्पताल स्रोतका अनुसार जोशीलाई पुरानो रोगका कारण औषधिले समेत शरीरमा राम्रो रेस्पोन्स गरेको थिएन ।

उहाँमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

यस्तै परिवारसँग निकट रहनुभएका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले पनि फेसबुकमा लेख्दै जोशीको निधन भएको पुष्टी गर्नुभएको छ ।

सानोमा बिफरदेखि, औलो, हैजा अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीसमेत देख्नुभएका उहाँ खानपानमा ध्यान दिनु, सकारात्मक सोच राख्नु र धेरै महत्त्वाकाङ्क्षी नहुनुलाई आफ्नो दीर्घ जीवनको रहस्य मान्नुहुन्थ्यो ।

आफ्नो १०० वर्षको जन्मोत्सव मनाउने बेला उहाँले सार्वजनिक कार्यक्रममा संस्कार र संस्कृतिले जीवनमा रस भरिदिने र त्यही क्षेत्रमा लामो समय काम गरेकाले दीर्घ जीवनको कारण त्यो पनि भएको हुनसक्ने बताउनुभएको थियो ।

उहाँले उपचार गराइरहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आज विहान निधन भएको पुष्टि गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?