स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?