‘मिली’ को ट्रेलर सार्वजनिक

Read Time = 1 min

मुम्बई । चलचित्र ‘मिली’ को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट २० सेकेण्ड लामो ट्रेलरको सुरुवातमा जान्हवी कपुरले आफ्नो परिचय दिँदै ‘म हुँ मिलि नोडियल र म बुबासँग बस्छु’ भनी बताउनुभएको छ ।

ट्रेलरमा मिलि बिएससी नर्सिङ ग्रेजुएट भएकाले विदेश गएर अगाडि बढ्न चाहेको दृश्य देखाइएको छ । तर, त्यसपछि एउटा दृश्यमा मिलि रेष्टुरेन्टको काउन्टरमा अर्डर लिइरहेको देखाइन्छ । त्यसपछि उहाँ फ्रिजर कोठामा बन्द भएको र उहाँको हालत निकै खराब भएको देखाइएको छ । उहाँ आफूलाई बाहिर निकाल्न सक्दो प्रयास गर्नुहुन्छ । तर, असफल भएको दृश्य देखाइएको छ ।

ट्रेलरमा धेरै ट्विस्ट र टर्न छन् । यस चलचित्रमा जान्हवी कपुरसँगै मनोज पाहवा, सन्नी कौशल मुख्य भूमिकामा देखिएका छन् । जान्हवीका बुवा बोनी कपुरले यो चलचित्र निर्माण गर्नुभएको हो । चलचित्र नोभेम्बर ४ मा सिनेमाघरमा आउँदै छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?