कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ ।

शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।

उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिनुभयो । उहाले यसलाई सामान्य दुर्घटना भन्नुभएको छ ।

‘सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भन्नुभएको छ।

एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?