‘ए’ डिभिजन लिग : आज दुई वटा खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ ।

एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् ।

त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मीबीच खेल हुनेछ ।

लिगमा शुक्रबारदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?