सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल छन् : अध्यक्ष केसी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरु सामेल भएका बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन सुन तस्करीजस्तो अपराध हुन नसक्ने बताउनुभएको हो । उहाँले राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेको भन्दै पछिल्लो सुन तस्करीको घटना नयाँ नभएको बताउनु भयो ।

उहाँले सरकारले सुन तस्करीको मुख्य अपराधीलाई समातेर नेपाली जनतालाई देखाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो घटनाक्रम राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेपछि यस्तै हुन्छ । यो नयाँ घटना होइन । यसभन्दा अघि पनि नेपाली जनताले देखेको, भोगेको कुरा के हो भने स्वयं राज्यसत्ता नै यस्तो लुटपाटमा सामेल भइराखेको छ । यति धेरै, यत्रो परिणाममा सुन बाहिर आउनु अन्तर्राष्ट्रिय तस्करहरुले नेपाललाई ट्रान्जिट पोइन्ट नै बनाए नि । राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन यत्रा ठूला अपराध हुनै सक्दैन । तैपनि तपाई, हाम्रो माग के हो भने भरिया, साना मान्छे पक्रेर नेपाली जनताको आँखामा छारो हाल्न पाइँदैन । मुल अपराधी कहाँ छ, कुन कुनामा बसेको छ, मुल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्छ सरकारले । अपराधी पत्ता लगाउनुप¥यो । चिनियाँ अपराधीहरु, भारतीय अपराधीहरु, नेपाली अपराधीहरु तीन देशका अपराधीहरु मिलेर नेपाललाई अपराधको ट्रान्जिट पोइन्ट गराएका छन् । यसमा राज्यसत्तामा अहिले जो बसेको छ, उसले गम्भिर भएर यसलाई दुधको दुध, पानीको पानी खोजबिन हुनुप¥यो ।’

अध्यक्ष केसीले नेपालललाई चीन, भारत र नेपालका अपराधीहरु मिलेर अपराधको ‘ट्रान्जिट पोइन्ट’ बनाएका बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?