✍️ रमेशप्रसाद गौतम
शिक्षा सुधारका नाममा राजनीतिक परिवर्तनसँगै शिक्षा सुधारका लागि विभिन्न आयोग, समिति, कमिसन आदि बने तीनबाट सुझाव आए । तदनुरूप शिक्षा ऐन नियममा सुधार पनि भए तर कार्यान्वयनमा सफल भएन । राजनीतिक परिवर्तनमा मात्र होइन सरकार परिवर्तन पिच्छे बनेका आयोगहरूले शैक्षिक विकासमा दिएका सुझाव वा प्रतिवेदनहरू केही बाहिर आए त्यस नीति नियमअनुरूप बनाउने काम भए भएनन् पहिले दिएका प्रतिवेदन गुमनामै रहेका छन् । यसरी अनेक प्रयत्न भएता पनि गुणस्तरीय शिक्षा भने देशले अझै पाउन सकेन । गुणस्तरीय शिक्षाको खोजिमा लाखौं हाम्रा केटाकेटी विदेशिने गर्दा बर्सेनी अर्बौं रकम बाहिरि रहेको छ ।
आजको लोकतान्त्रिक राज्य व्यवस्थाको शिक्षण प्रक्रियामा जोड दिनुपर्ने कुरा भनेको नै बहुआयामिक सिकाइ पद्धतिमा हो । यस किसिमको सिकाइले चिन्तन, मनन र विश्लेषण गर्न सक्ने क्षमता अभिवृद्धि गर्दछ । शिक्षा भनेको साहित्य, संगीत कला र मानविकीका विभिन्न पक्ष समेटिएको विषय भकाले विद्यार्थीलाई आफ्नो र अरूको संस्कृतिका कुराप्रति पनि जानकारी दिलाउँछ । यस्तै किसिमको बुझाइ हँुदाखेरि नै मानव भावनाको विकास हुने हो ।
अहिले हामी प्राविधिक सीप र व्यावसायिकतामा जोड दिँदै पाठ्यक्रम निर्माणमा लागेका छौँ तर यस किसिमको पाठ्यक्रमले बहुआयामिकताको विचारलाई कम प्राथमिकता दिन खोजेको छ । समाजमा बहुपक्षीय विचारको पनि कदर गर्न जरुरी छ ।
इतिहासको अध्ययनले विगतका घटना बारे जानकारी हुन्छ । नागरिक शिक्षाले कानुन र राजनीतिशास्त्रको ज्ञान दिलाउँछ । मानव अधिकारको व्यापकता, प्रतिनिधिमूलक लोकतान्त्रिक कार्य प्रणाली, विभिन्न राजनीतिक शासन व्यवस्था, न्यायपूर्ण तर्कसंगत र स्वच्छकानुनका आधार बारे पनि नागरिक शिक्षाबाट थाहा हुन्छ ।
विश्वमा हिंसा हत्या, लडाइँ युद्ध र द्वन्द्व बढनुको मूलजड नै आफ्नो ठाउँ आफू र आफ्नो सभ्यता आफ्नो धर्म मात्र राम्रो हो अरू ठीक होइनन् भन्नाले नै हो । यस किसिमको शिक्षाबाट आजका बालबालिकालाई मुक्त दिलाउनु जरुरी छ । शिक्षाले त हरेक विद्यार्थीलाई सही र झुट कुराबीच अन्तर पहित्याउन सिकाउने हो । अरूको सभ्यता, इतिहास, संस्कृति, मूल्य, मान्यता नबुझ्दा, प्रागइतिहास कालदेखिका घटना मूल्यांकन गर्न नसक्दा र त्यसबेला पनि एउटा महादेशबाट अर्को महादेशमा बसाइँ सर्ने गरेका उदाहरण नबुझ्दा पनि मानिसमा महŒव र अहमता पैदा गराउँदै आयो ।
यस अर्थमा सर्वसाधारण मानिसले पनि अनुवांशिक विषयको ज्ञान हासिल गर्नसके विभिन्न मानव समूहका बसाइँसराइ गरेको बाटो पैल्याउन सहज हुन सक्दछ । मेरो मान्यता नै सबैभन्दा ठूलो हो र त्यौ नै मेरो आस्थाको केन्द्र बिन्दु भएकाले यसभन्दा फरक सोच बेठीक र गलत ठान्नु मनासिव होइन । सबैलाई समान आदर र कदर गर्न सिकाउने शिक्षा नै गुणस्तरीय हो । जसबाट सहअस्तित्वको कदर गरोस् ।
अहिले हामी प्राविधिक सीप र व्यावसायिकतामा जोड दिँदै पाठ्यक्रम निर्माणमा लागेका छौँ तर यस किसिमको पाठ्यक्रमले बहुआयामिकताको विचारलाई कम प्राथमिकता दिन खोजेको छ । समाजमा बहुपक्षीय विचारको पनि कदर गर्न जरुरी छ । आधुनिक शिक्षाका नाममा अनलाइन शिक्षाको पनि त्यत्तिकै चलनचल्ती हुन थालेको छ । यसरी भौतिक उपस्थितिविनाको शिक्षाबाट विद्यार्थीले आफ्ना साथी र शिक्षकहरूसँग प्रत्यक्ष समाजिकीकरण हुनबाट वञ्चित हुन पुग्दछन् । यस किसिमको अलनाइन भर्चुयल सिकाइ प्रकृयाले विद्यार्थीलाई वास्तविकताबाट बिच्छेद गर्दैलाने हुन्छ । यसर्थ शिक्षाका लागि उपयुक्त शिक्षाको रणनीति तय गर्नु जरुरी छ ।
अबको शिक्षण सिकाइ प्रविधिमा ज्ञानको आधारभूत धरातल प्रकृति हो भन्ने बुझाइको जरुरी छ । हरेक बालबालिकाले चेतनासँगै कुनै न कुनै किसिमले प्रकृतिसित क्रियाप्रतिक्रया गरि नै रहेका हुन्छन् । अनि हाम्रो सोचमा पनि प्रकृतिसितै सम्बन्धित कुरा बढी आउँदछन् । मानिसका लागि सबैभन्दा ठूलो प्रकृति नै हो । प्रकृति बेगर मानिस बच्न सक्तैन । जसले मानिसलाई बचाएको छ । त्यसलाई संरक्षण गर्न पनि सिक्नु पर्दछ । हामीले प्रकृतिबाहिर गएर केही गर्न सक्दैनौँ ।
प्रकृतिलाई ईश्वरको रूप पनि मान्दछौँ । विज्ञानले निर्माण गरेको अणु र परमाणु बम पनि प्रकृतिकै कुनै अंश हो । समयसँगै पदार्थ सूक्ष्मतम् अवस्थाको पहिचान गरिएको छ । सो पदार्थलाई टुक्र्याउन सकिने अत्यन्त न्यून अंशलाई परमाणु नाम दिएको छ । दुई परमाणुको योगलाई अणु भन्ने गरिन्छ । यसले समयलाई हेर्न दार्शनिक आधार पनि दिएको छ । यस्ता कुराहरू सिक्न जान्न लागि सिकाइका आयामहरू जटिल बन्दै आए । यसरी पढाइ वा सिकाइ केका लागि हो भन्ने खुलदुली पनि नभएका होइनन् । जीवनोपयोगिताका लागि चाहिने सीप र प्रविधिभन्दा जान्नुको अर्थ रहँदैन भन्ने मान्यता पनि बढ्दै आएको छ । अहिलेको खाँचो भनेको प्राविधिक, व्यवस्थापकीय, व्यावसायिक र व्यावहारिक शिक्षा नै हो ।
यस्तो शिक्षा दिन सकियो भने नेपालीहरूले आत्मसम्मानका साथ नेपालमा मात्र होइन विश्वका कुनै पनि मुलुकमा काम गरेर सहज जीवन यापन गर्न सक्ने हुन्छन् । यसर्थ हरेक विद्यार्थीलाई आत्मानुभूति विकास हुने शिक्षा चाहिन्छ । यसका लागि तिनमा ज्ञान, सोच्न सक्ने भिजन र समस्या समाधान गर्ने क्षमता विकास हुनु जरुरी छ । आत्मानुभूति पैदा गराउँन विद्यालयको ठूलो भूमिका हुन्छ । विद्यालयमा ज्ञान सही तरिकाबाट सम्प्रेषण हुन नसके आत्मानुभूतिको विकास हुन सक्तैन । शिक्षकले आफूलाई जति सुकै अनुभवी र योग्य ठाने पनि यदि विद्यार्थीको हृदयसम्म पुग्न नसके शिक्षण सिकाइ प्रक्रियाले जीवन्तता लिन सक्दैन । अनि विद्यार्थीको प्रतिभा रुचि र क्षमतासित शिक्षालाई जोड्न पनि कठिन पर्दछ ।
शिक्षाको मूल मर्म भनेको नै विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रष्फुटन र विकास गराउनु हो । यसर्थ हरेक शिक्षकले आफ्नो विषयमा विद्यार्थीको रुचि र क्षमता अनुसार सिकाइ क्रियाकलापको डिजाइन तयार गर्नुपर्ने हुन्छ । पाठ्यक्रम अनुसार समयमै शिक्षकले आफूले पढाउने पाठ्यभार सक्नुपर्ने बाध्यताले पनि शिक्षकले विद्यार्थीलाई गृहकार्यको भारी कलिला बाललालिकादेखि नै गराउँदै आएका छन् । गृहकार्यको बोझबाट बालबालिकाले पनि आफूमाथि थोपरिएको भारी हो भन्ने ठान्नथालेका छन् । यस किसिमको उपेक्षित भावनाले केटाकेटी झन् कमजोर बन्दै जानथालेका छन् । विद्यालय यस विषयमा गम्भीर भएका छैनन् । हाम्रा शिक्षकहरूमा फेडियल संस्कार छ । म जान्ने हुँ भन्ने, विद्यार्थी जान्दैनन् भन्ने र सही ज्ञान मसितमात्र छ भन्ने सोचबाट ग्रसित मनोवृत्तिले पनि विद्यार्थीमा भएको वैयक्तिक ज्ञान उपेक्षित हुँदै गएको छ ।
अब यस किसिमको पुरातन सोचबाट हरेक शिक्षामाथि उठ्न सक्नुपर्दछ । अबका अभिभावकले आफ्ना सन्तानलाई त्यही पुरातन सोचको भारी बोकाउँन चाहँदैनन् । बालबालिकामा हीनता, अहंकार, निराशा जस्ता कुण्ठित विचारबाट मुक्त गराउनु नै आजको शिक्षाको दायित्व हो । यसका लागि अबका शिक्षकले नयाँ विधि र प्रविधिबाट नयाँ नयाँ कुरा सिकाउने निर्दिष्ठ पाठैपिच्छे मूल्यांकन गर्ने र नजानेका कुरा त्यत्तिखेरै सिकाउने, जतिपटक विद्यार्थीले प्रश्न गरे पनि नम्रतापूर्वक जवाफ दिने, कक्षा कोठालाई मायालु वातावरण बनाइराख्ने । शिक्षकले कक्षा कोठामा विद्यार्थीले बुझ्न सकेनन् वा उसले जानी वा नजानी कुनै गल्ती गरेमा खिसी गर्ने, गाली गर्ने बानी कसैबाट हुनु हुँदैन भन्न सिकाउने ।
सकरात्मक गुणको बारम्बार प्रशंसा गरिरहने, विद्यार्थीमा म केही हुँ मैले केही गर्नुपर्छ, गर्नसक्छु भन्ने आत्मबोध पैदा गराउने काम पनि शिक्षकको नै हो । शिक्षकमा जति चाँडो सकरात्मक सोच आउँछ ससाना नानी बाबुमा झनै चाँडो बदलाव आउँदछ । यसैले भन्ने गरिन्छ शिक्षक नराम्रो भयो भने देश डुब्छ । राम्रो शिक्षक भएमा विद्यार्थी, अभिभावक, समुदाय, समाज र देश नै राम्रो बन्छ ।
शिक्षण सिकाइको केन्द्र भनेको विद्यार्थी नै हुन् । यसर्थ शिक्षकका सम्पूर्ण गतिविधि, प्रयास विद्यार्थी लक्षित र केन्द्रित हुनुपर्दछ । विद्यार्थीहरू घरपरिवार, समुदायमा रहँदा अभिभावकमार्फत विद्यालयमा रहँदा शिक्षकमार्फत नै उनीहरूको गतिविधिको निगरानी तथा आवश्यक मार्ग निर्देशन दिइने हुन्छ ।
योग्य र मिहिनेती शिक्षक भएमा राम्रो शिक्षण सिकाइ हुन्छ । उसले सिकाउने हरेक पाठमा उदाहरणसहित शिक्षण कलामा आफूलाई उतार्दछ । हरेका कुरालाई उदाहरणसहित प्रस्तुत गरेपछि विद्यार्थीले बुझे ÷नबुझेको प्रश्न पनि गर्नेगर्नु पर्दछ । विद्यार्थीले बुझिसकेपछि मात्र अर्को नयाँ पाठतर्फ शिक्षक लाग्नुपर्दछ । वैज्ञानिक अल्बर्ट आइन्सटाइन्टले शिक्षणकलाका सन्दर्भमा एक ठाउँमा भनेका थिए उदाहरण सिकाउने कुनै एउटा विधि होइन, यथार्थमा यो त सिकाउने एकमात्र विधि हो । यसर्थ हरेक शिक्षकले उदाहरणकै सहयतामा विद्यार्थीलाई पढाएको पाठ बुझाउने गर्नु पर्दछ ।
शिक्षण सिकाइको केन्द्र भनेको विद्यार्थी नै हुन् । यसर्थ शिक्षकका सम्पूर्ण गतिविधि र प्रयास विद्यार्थी लक्षित र केन्द्रित हुनु पर्दछ । विद्यार्थीहरू घरपरिवार र समुदायमा रहँदा अभिभावकमार्फत र विद्यालयमा रहँदा शिक्षकमार्फत नै उनीहरूको गतिविधिको निगरानी र आवश्यक मार्गनिर्देशन दिइने हुन्छ । यसमा पनि अभिभावक र विद्यालयबीचको समन्वयात्मक कडी स्थापना गरी शिक्षकले नै विद्यार्थीको व्यक्तिगत गुण, सिकाइ उपलब्धि, नियमिता, विषयप्रतिको झुकाव आदिको सम्बन्धमा पहलकदमी लिनुपर्ने हुन्छ । अबका शिक्षकले निरन्तर सिक्ने नयाँ-नयाँ प्रविधिको जानकारी लिने र लिइरहने प्रवित्तिको अनुसरण गरेमा यसको सकरात्मक फल विद्यार्थीले पाइनै रहने हुन्छ । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच