बाँकेमा एक सय आठ मतदानस्थल अतिसंवेदनशिल र ३० संवेदनशील

हिमालय टाइम्स
Read Time = 1 min

कोहलपुर । बाँकेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएकोे छ । जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकामा एक सय आठवटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?