केपी ओली कप : आर्मी सेमिफाइनलमा प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार न्यूरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा पाँच-चार गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

एन्फा कम्प्लेक्समा खेलको निर्धारित ९० मिनेट एक–एक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्नुभयो ।

एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गर्दा स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीले रोकेको थियो । अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउनेछन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?