लुम्बिनी प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा जारी, गृहमन्त्री खाणद्वारा उदघाटन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा लुम्बिनी प्रदेशको सुरक्षा बैठक शुरु भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित सुरक्षा बैठकको संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नुभएकाे हाे ।

बैठकमा मुलुकको ४ वटै अङ्गका सुरक्षा प्रमुखसहित प्रदेशका १२ जिल्लाका प्रमुख जिल्लाअधिकारी नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरु सहभागी रहेका छन् । बैठकले जिल्ला स्थित सुरक्षा समितिले तयार गरेको रणनीति माथि छलफल हुने र गृह प्रशासनले तयार गरेको सुरक्षा रणनीतिका बारेमा बिभागीय प्रमुखहरुले निर्देशन दिने कार्यक्रम रहेको छ ।

आन्तररिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको संयोजनमा जारी बैठकमा मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले प्रदेशको सुरक्षा अवस्थाका बारेमा रिपोर्टीङ गर्नुभएकाे छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले सुरक्षा व्यवस्था चुस्त बनाउन अहिलेपनि साधन र स्रोतकाे अभाव रहेको बताउनु भएकाे थियाे । उहाँले देशभरी उपलब्ध साधन स्रोतको अधिकतम परिचालनगरि सुरक्षा रणनीति तयार गरिएको पनि जनाउनु भएकाे थियाे । बैठक जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?