मेरो गठबन्धन कालीकोटका जनतासँग छः नेता शाही

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगिन्द्र शाही (नेश्नल) ले आफ्नो गठबन्धन जनतासँग रहेको बताउनु भएको छ ।

९ वटै पालिकामा घरदैलो अभियान सकेर सदरमुकाम मान्म फर्कीनु भएका शाहीले सत्तारूढ पाँच दलिय स्वार्थको गठबन्धन भन्दा आफूले जनतासँग गरेको गठबन्धन बलियो रहेको बताउनु भएको हो ।

कालीकोटमा गरिएको पाँच दलिए गठबन्धन भन्दा नेकपा एमाले एक्लैले चुनाव लडेर कालीकोटबाट प्रतिनिधिसभामा जित हात पार्ने बताउनुभयो । कालीकोटमा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पनि उम्मेदवारी छ ।

स्थानीय तहको निर्वाचनका सन्दर्भमा हेर्दा कालीकोटमा नेकपा माओवादी केन्द्रको बहुमत देखिएपनि कालीकोटमा पछिल्लो समय नेकपा एमाले पनि बलियो पार्टीका रुपमा स्थापित छ ।

माओवादीको प्रभाव रहेको कालीकोटमा व्यक्तिगत रुपमा शाही बलियो भएपनि उहाँका विरुद्ध माओवादीकै काशिचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा एमालेका नेता नगेन्द्र शाहीसँग गठबन्धनका साझा उम्मेदवार महेन्द्रबहादुर शाही र नगेन्द्र शाहीबीच रोचक प्रतिस्पर्धा हुँने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?