‘केटिना’ बाट बाहिरिन दिशा

Read Time = 2 mins

मुम्बई । भारतीय अभिनेत्री दिशा पटानी निर्माता एकता कपुरको होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट बाहिरिनुभएको छ । दिशाले सन् २०१९ मा चलचित्रका लागि हस्ताक्षर गर्नुभएको थियो । चलचित्रको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो चलचित्रका लागि दिशाले आठ दिनको सुटिङ गर्नुभएको थियो । तर, कोरोना सुरु भएपछि चलचित्रको काम रोकियो ।

‘लकडाउन’पछि दिशा र निर्माताबीच केही कुरामा असहमति भयो र निर्माताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय गर्नुभयो । एकताले यो चलचित्रका लागि तारा सुतारिया र श्रद्धा कपुरसँग कुराकानी गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

दिशाले एकतासँग विभिन्न विषयमा शर्त राख्नुभएको थियो । लकडाउन खुलेपछि पनि विवाद बढ्दै गएपछि एकताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिनुभयो । ‘केटिना’ एकताको वास्तविक जीवनमा आधारित चलचित्र हो । त्यही कारण यसका लागि सबै कुरा उत्कृष्ट चाहनुहुन्छ । विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका चलचित्रमा काम त गर्नुभयो, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाउनुभएन । उहाँको पछिल्लो चलचित्र ‘राधे’ र ‘एक भिलेन रिटर्नस’ बक्सअफिसमा कमजोर साबित भयो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?