ओलीजीले संविधानलाई मनपरी प्रयोग गर्नुभयो : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 4 mins

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताउनुभएको छ ।

शनिवार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको बताउनु भयो । प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताउनु भयो ।

उहाँले आसन्न निर्वाचनमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले विजयी हाँसिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका जनताले गठबन्धनको जितको श्रेय लिनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘के कारणले हामीले ओलीजीलाई हटाउनुप¥यो, के कारणले लामो लडाईंपछि ल्याएको लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउनुप¥यो, त्यो सबै आइसकेको छ । अहिले राष्ट्र कता जाने हो, यो राष्ट्रमा एकातिर लडेर ल्याएको गणतन्त्र, प्रजातन्त्रलाई स्थायी रुपमा स्थापित गर्नुछ भने अर्कोतिर संघीय शासन व्यवस्था, समावेशी शासन व्यवस्था, हिमाल, पहाड मधेस र मेचीदेखि महाकालीसम्मको राष्ट्रलाई एकवद्ध बनाएर लैजाने हाम्रो प्रयासलाई झनै बढी एकतावद्ध बनाउने की कता जाने भन्ने लडाईं छ । अहिले जो गठबन्धनको सरकार बनेको छ, उहाँहरुले मलाई प्रधानमन्त्री बन्न मद्दत गर्नुभएको छ, त्यसैले आजको गठबन्धको सरकार छ । यो निर्वाचनमा चितवनमा गठबन्धनको जित हुनु अति आवश्यक छ । यो चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि विजय भएको हो । अहिले पनि चितवनबाट नै विजय भएको खण्डमा आउँदा ३ चुनाव जतिसम्म गठबन्धन अघि बढ्नेछ । गठबन्धनको सरकार बनी एकता भएर अघि बढेमा नेपाल राष्ट्र सच्चा मानेमा समावेशी, समानुपातिक मात्रै होइन, राष्ट्रिय एकता पनि स्थापित हुनेछ । मध्यराति दुई बजे ओलीले संसद विघटन गर्नुभयो, दुईपल्ट, जबकी अहिलेको संविधानमा मनपरी तरिकाले संसद विघटन गर्ने अधिकार नै छैन । कुनैपनि प्रधानमन्त्रीलाई ओलीले यो संविधान उहाँको खेल हो जस्तो गरेर दुई पटक संसद विघटन गर्नुभयो । उहाँलाई अधिकार नै छैन । हामी फिर्ता गर्ने काममा लाग्यौँ र सफल भयौँ ।’

प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रुपमा प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्दै कुनैपनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नरहेको उल्लेख गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?