एमाले कमजोर छैन, गलत तथ्यांक प्रस्तुत नगरौँ : विष्णु रिमाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गर्नुभएको छ ।

उहाँले अहिले बाहिर आइरहेका तथ्यांकहरु मिथ्यांक भएको र त्यो कुनैपनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताउनु भयो । उहाँले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई चुनौती दिनुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले गलत तथ्यांकहरु प्रस्तुत गर्दै जानु भन्दा निर्वाचन आयोगसमक्ष आफू पनि कानून मिच्छौँ, अरुलाई पनि मिच्न दिनुपर्छ भन्नसक्ने बताउनु भयो ।

उहाँले गठबन्धन सरकारले छद्म काम गरिरहेको र त्यसलाई पुष्टि गर्नको लागि अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गरेको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?