नेपालले आज पाकिस्तानसँग मैत्रिपूर्ण खेल खेल्दै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानबिरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिने बताउनुभएको छ । मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र (आज)बुधबार हुने खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताउनुभएको हो ।

फिफाको प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताउनुभएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आपूmले कप्तानी पाउँदा खुशी लागेको बताउनुभयो ।

नेपाललाई पाकिस्तानले मैत्रिपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आइतबार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच आठ वर्षपछि प्रतिष्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र वाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिवन्ध गरेको थियो । सोही टोली पाकिस्तानबिरुद्ध नेपाली मैदान उत्रिँदा कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानी टोलीबिरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेल्ने बताउनुभयो । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएको भएपनि लामो समय एउटै टोली बनेर नखेलेको कारण टिमवर्क राम्रो नभएको र सोही अनुसार आफूले रणनीति बनाएको बताउनुभयो ।

यस्तै नेपाल भ्रमण रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्‍याउनका लागि खेल्ने बताउनुभयो । हसनले आफ्नो टोलीले अन्तिम समयमा मौका पाएर खेल्ने गरेको भन्दै व्यक्तिगत हिसावमा आफू डेनमार्कमा खेल्दै आएकाले लयमा रहेको बताउनुभयो । दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीबिरुद्ध राम्रो खेल्ने कप्तान वासिरको भनाइ थियो ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिष्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । बुधबार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्न चाहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?