राजनीतिक स्थिरताका लागि गठवन्धन : अध्यक्ष प्रचण्ड

भोजपुरबाट सुदन किरातीलाई जिताए मन्त्री बनाउने आश्वासन

हिमालय टाइम्स
Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउनु भएको छ ।

प्रचण्डले मुलुकमा राजनीतिक स्थिरताका लागि गठवन्धन गरिएको बताउँदैे यो गठबन्धन लामो समयसम्म टिक्ने समेत बताउनुभयो । भोजपुरका सत्ता गठवन्धन दलले जिल्लाको पूर्वी तिवारीभञ्ज्याङमा बुधवार गरेको चुनावी सभालाई सम्बोधन गर्न भोजपुर आउनु भएका प्रचण्डले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकोले तत्काल नभत्किने बताउनु भयो ।

प्रचण्डले भन्नुभयो, ‘विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस् ।’ यो चुनाव अग्रगामी र पश्चगामी बीचको लडाए भएकाले अग्रगामीहरुले चुनाव जित्नु जरुरी छ । सोही क्रममा प्रचण्डले गठवन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका पोलिटब्युरो सदस्य सुदन किरातीलाई जिताईएमा मन्त्री बनाउने समेत बताउनु भएको छ ।

प्रचण्डसँगै आउनु भएका नेपाली कांग्रेसका प्रवत्ता डा. प्रकाशसरण महतले गठवन्धन दलका उम्मेदवारले निर्वाचनमा जित्नु पर्ने बताउनुभयो । एक अर्कालाई सहयोग गर्दे मत हाल्न समेत आग्रह गर्दै डा. महतले सवैको जित हुने गरी लाग्न नेता कार्यकर्तालाई अनुरोध समेत गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?