किरणको टोलीको विजयी सुरुवात

Read Time = 2 mins

नयाँदिल्ली । राष्ट्रिय टोलीका कप्तान एवं गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली पञ्जाब एफसीले जितका साथ आई लिगको नयाँ सिजनको सुरुवात गरेको छ । हरियाणाको गुणगाँउस्थित टउदेवी लाल रंगशालामा भएको खेलमा पञ्जाबले श्रीनिधि डेकनलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

खेलमा लुका माज्केनको २३औँ मिनेटमा गरेको गोलबाट पञ्जाबले सुरुवाती अग्रता बनाएको थियो । सामुयलले ४२औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । यस्तै, ५८औँ मिनेटमा डेकनका लागि सहाबाजले गोल फर्काउनुभएको थियो ।

पञ्जाबका सामुयल खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो । किरणले पूरा समय खेल्नुभएको थियो । आई लिगकै कारण किरण बुधबार पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा हुनुहुन्न । उहाँको अनुपस्थितिमा रोहित चन्दले कप्तानी सम्हाल्नुहुनेछ । आई लिगमा १२ टोलीको सहभागिता रहेको छ । पञ्जाबले अर्को खेल मंसिर ४ गते मोहमडन स्पोर्टिङ क्लबसँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?