काठमाडौं । निर्वाचन आयोगले पर्सामा रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ ।
गाउँपालिकाले चुनावका बेला करार सेवामा शिक्षक नियुक्तको प्रक्रिया अगाडि बढाएपछि स्पष्टिकरण सोधिएको हो ।
‘निर्वाचन आचारसंहिता, ०७९ लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? आयोगले भनेको छ ।
आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच