धादिङको गणेशकुण्ड केन्द्रमा ९० वर्षिय सापकोटद्वारा पहिलो मतदान

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन देशभर नै सुरु भएको छ । आज बिहान ७ बजे देखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । धादिङको खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मावि मतदान स्थलमा ९० बर्षिय अन्नकुमारी सापकोटाले पहिलो मतदान गर्नु भएको छ ।

दुई वटा मतदान केन्द्र रहेको यस मतदान स्थलमा १००५ पुरुष र ९३४ महिला गरी १९३९ मतदाताता रहेका छन् । धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।

यस्तै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं धादिङ २ ९२० का प्रदेश सभा सदस्यका उम्मेदवार शालिकराम जम्कटेलले गजुरी गाउँपालिका वडा नं. ७ स्थित किराञ्चोक कटुञ्जे मावि मतदान केन्द्रमा मतदान गर्नु भएको छ । १८८२ मतदाता रहेको यस मतदान स्थलमा ९९८ पुरुष र ८८४ जना महिला मतदाता रहेका छन् ।

धादिङको रुबीभ्याली गाउँपालिका ३ स्थित च्याम्रादेवि मतदान स्थलमा गाउँपालिका अध्यक्ष रामसिंङ तामाङले पहिलो मतदान गर्नु भएको छ । दुई मतदानस्थल रहेको यस मतदान स्थलमा दुई केन्द्र रहेका छन् । ८७८ पुरुष र ९०० महिला गरी १७७८ जना यस च्याम्रादेवि माध्यामिक विद्यालय च्यात मतदान स्थलमा मतदाता रहेका छन् ।

यस्तै धादिङको बेनीघाट रोराङको बुद्धि विकास प्रावि चरौंदी मतदान स्थलमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले पहिलो मतदान गर्नुभएको छ । ४ वटा मत पत्रमा स्वस्तिक छाप लगाउनु पर्ने यस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा यस मतदान स्थलमा २ वटा मतदान केन्द्रहरु छन् । यी दुई केन्द्रमा ८९६ पुरुष र ८८८ महिला मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?