बाराको चार वटै निर्वाचन क्षेत्रमा मन्त्रीहरुको भिडन्त, ५ मन्त्रीहरु मध्ये चारलाई विरासत जोगाउन धौधौ

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 8 mins

बारा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाराबाट वर्तमान र पूर्व गरी पाँच जना संघीय सरकारका मन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सरकारका बहालवाला मन्त्री उमाकान्त चौधरी, पूर्व मन्त्री रामसहायक यादव, ज्वाला कुमारी साह, कृष्ण कुमार श्रेष्ठ (किसान) र एकबाल मियाँ बाराका विभिन्न्न निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएकाे छ ।

बाराको चारवटै निर्वाचन क्षेत्रमा वर्तमान र पुर्व मन्त्रीहरूको चुनावी प्रतिस्पर्धाले निर्वाचन रोचक भएकाे छ ।

बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारको बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी र नेकपा एमालेका अच्युत मैनाली बीच रोचक भिडन्त देखिएको छ । चौधरीको बाहुल्यता रहेको यस क्षेत्रमा मैनालीसँगको भिडन्त भने रोचक बन्ने भएको छ । यो भन्दा अगाडीको चुनावमा पनि चौधरीले मैनालीलाई लगभग दुई हजार पाँच सय मतको अन्तरले पराजित गर्न सफल हुनु भएको थियो ।

तर यसपालिको चुनावमा मैनालीले ३ हजार भन्दा बढी मतले खानेपानी मन्त्री चौधरीलाई पछाडी पार्नुभएको छ ।

प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेका अच्युत मैनालीले १३ हजार २ सय ९१ मत प्राप्त गर्नुभएको छ भने खानेपानी मन्त्री चौधरीले १० हजार ८३ मत प्राप्त गर्नु भएको छ । यस क्षेत्रमा ३ हजार २ सय ८ मतले मैनाली अगाडी रहेका छन् । दुबै बीच कडा प्रतिस्पर्धा हुने आशंका गरिएपनि दुबै बीच फराकिलो मतान्तर देखिएको छ ।

यसैगरि बारा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व मन्त्री रामसहाय यादव, पूर्व संविधान सभासदस्य शिवचन्द्र कुशवाहा र स्वतन्त्र उम्मेदवार रामकिशोर यादव बीच रोचक भिडन्त हुने भएको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका राधेचन्द्र यादवले विकासका नामा केही नगरेको भनेर विरोध हुँदै आएको थियो । काँग्रेसको विरोधमा जनलहर हुँदा रामसहाय यादव लगभग नेपाली काँग्रेस भन्दा दोब्बर मतले विजयी हुनु भएको थियो ।

तर यसपालिको चुनावमा रामकिशोर यादव स्वतन्त्र (खरायो चुनाव चिन्ह) अहिलेसम्मको चुनावी रेसमा अगाडी देखिनु भएको छ । उहाँ बाम गठबन्धन र जसपाका यादवसँग फराकिलो मतान्तरले अगाडी बढनु भएको छ ।
२०७४ को चुनावमा संघीय समाजवादी फोरम नेपालबाट चुनाव लड्दा २८ हजार १ सय ८५ मत प्राप्त गर्नुभएको थियो । एमाले संयुक्त रुपमा चुनाव लडदा माओवादीका शिवचन्द्र कुशवाहाले १० हजार ५ सय ४६ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसका राधेचन्द्र यादव १५ हजार ७ सय ९० मत प्राप्त गर्नु भएको थियो ।

यता यादव वनमन्त्री हुँदा समेत आफनो क्षेत्रको विकासमा खासै ध्यान नदिएको, चुनाव जितेर गएपछि जनताहरु माँझ कहिले नआएको क्षेत्र नम्बर २ का मतदाताहरुको आरोप रहेको छ । रामकिशोर यादवले टिकट नपाउने भएपछि जसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । यसपालीको चुनावमा पाँच दलिय गठबन्धका शिवचनद्र कुशवाहा, रामकिशोर यादव र रामसहाय प्रसाद यादव बीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

यसै गरि क्षेत्र नम्बर ३ मा नेकपा एमालेका पूर्व कृषिमन्त्री ज्वाला साह तथा जसपाका पूर्व सांसद रामबाबु कुमार यादव बीच रोचक भिडन्त देखिएको छ ।

दुबै बीच झिनो मतान्तर देखिएको छ । कहिले साह अगाडी हुने त कहिले यादव अगाडी हुने क्रम रहेको छ ।

प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार यादव ५ हजार ४ सय ३०, ज्वाला साह ४ हजार ८ सय ६ यसै गरि पाँच दलिय गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार लालबाबु सिह भूमिहारले २ हजार ८ सय ७५ मत पाउनु भएको छ ।

२०७४ सालको चुनावमा यहाँका मतदाताहरुले नेपाली काँग्रेसका फरमूल्लाह मंसुरलाई हराई रामबाबु कुमार यादवलाई जिताएका थिए ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामबाबु कुमार यादवले २१ हजार ३ सय ३६ मत ल्याई विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका अध्यानन्द पाण्डेले १६ हजार ३ सय ६२ मत पाएका थिए भने नेपाली काँग्रेसका फरमूल्लाह मंसुरले १६ हजार ६२ मत पाउनु भएको थियो ।

यसै गरि बारा निर्वाचन क्षेन नम्बर ४ मा नेकपा समाजवादीका पूर्व श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान), नेकपा एमालेको तर्फबाट पूर्व युवा तथा खेलकूद मन्त्री एकबाल मिया र व्यापारी इच्छा बहादुर वाग्ले बीच कडा प्रतिस्पर्धा हुने आशंका गरिएको थियो ।

तर प्राप्त मतपरिणाम अनुसार यस क्षेत्रबाट किसान श्रेष्ठले सबैलाई पछाडी पादै अगाडी बढनु भएको छ ।
हालसम्म प्राप्त मत परिणाम अनुसार मन्त्री श्रेष्ठले ४ हजार ४ सय १८ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्वन्दी एकबाल मियाले ३ हजार ३२ मत प्राप्त गर्नु भएको छ ।

मियाले २०७४ सालको चुनावमा २२ हजार २ सय ७५ मत ल्याई विजयी हुनु भएको थियो भने उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका देवनारायण थारुले २० हजार ६ सय ७ मत पाउनु भएको थियो । यसै गरि नेपाली काँग्रेसका लालबाबु सिह भूमिहारले १४ हजार ५ सय १६ मत पाउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?