गरिमा बैंक १६ औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । गरिमा विकास बैंक १६औँ वर्षमा प्रवेश गरेको छ ।  काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालका विभिन्न शहरी तथा ग्रामीण जिल्लामा १२१ शाखा कार्यालय र ५१ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ । हाल यस विकास बैंकले ७२ अर्ब निक्षेप संकलन गरेको छ भने ६३ अर्ब कर्जा लगानी गरेको छ ।

झण्डै सात लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सोही क्रममा बैंकले मंगलबार केन्द्रीय कार्यालयका साथै विभिन्न शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरी छ सय १३ युनिट रगत संकलन गरेको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले क्रेडिट कार्ड सेवा शुभारम्भ गरेकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?