फुटबलर प्रिजेनलाई आर्थिक सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले दुई लाख र कोषले तीन लाख गरी जम्मा पाँच लाख रुपैयाँ प्रदान गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

राखेपका सदस्य-सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले प्रिजेनको स्वास्थ लाभाको कामना गर्दै प्रिजेनका पिता राजकुमार तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

प्रिजेनले दिल्लीको अपोलो अस्पतालमा उपचार गराइरहनुभएको छ । पहिलो चरणको ब्लड क्यान्सर भएका उहाँलाई दुई पटक किमो दिइसकेको अझ दुई पटक किमो दिन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रिजेन डिसेम्बर १ तारिखमा ‘फलो अप’ का लागि दिल्ली जाँदै हुनुहुन्छ । कोषले हालसम्म करिब ७० लाख आर्थिक सहयोग वितरण गरिसकेको र कोषमा एक करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?