एनआरएनएको प्रदेश १ मा निःशुल्क स्वास्थ्य शिविर

Read Time = 5 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटुलगायतका स्वास्थ्यमा पर्ने समस्याका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । बैठकमा एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले स्वास्थ्य समितिले कोरोना महामारीमा खेलेको महत्वपूर्ण भूमिकाले मानिसको जीवन रक्षा भएको भन्दै नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ बढी काम गर्नुपर्ने बताउनुभयो ।

नेपालमा स-सानो स्वास्थ्य परामर्शसमेत नहुँदा स्तन र पाठेघरको क्यान्सरले धेरै महिलाले ज्यान गुमाउनुपरेको विद्यमान अवस्थामा क्यान्सरविरुद्ध राष्ट्रिय अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । समितिका संयोजक डा. सापकोटाले विगत सात वर्षदेखि समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य समस्याबारेमा काम गर्दै आएको जानकारी गराउँदै एनआरएनएको आयोजनामा भएका सम्मेलनहरू निकै प्रभावकारी भएको बताउनुभयो ।

डा. अरुण शाहीले नेपालमा क्यान्सर सार्वजनिक स्वास्थ्यमा चुनौतीका रूपमा आएको बताउनुभयो । पाठेघरको मुख र स्तन क्यान्सर गाउँ-गाउँमा पुगेको भन्दै समयमै रोग पत्ता लगाउन सके क्यान्सर निको हुने पनि उहाँले बताउनुभयो । डा. सागर पौडेलले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा १५ वर्षमुनिका बालबालिकाको मुटु स्वास्थ्य चेकअप गरिने जानकारी दिनुभयो ।

बैठकले झापाको बाउनडाँगीमा हेयरिङ एडको स्क्रिनिङ गर्ने निर्णयसमेत गरेको छ । विश्वनाथ रिजालले बाउनडाँगी क्षेत्रका बासिन्दाको स्वास्थ्य समस्याबारेमा प्रकाश पार्नुभयो । बैठकमा अनिशा भण्डारीले ‘शून्य हेल्थ’ अन्तर्गत छोटो समयमा समस्या पहिचान गर्ने प्रविधि नेपालमा आइसकेको जानकारी गराउँदै नयाँ प्रविधिबाट एकै छिनमा टेष्टको नजिता निकाल्न सकिने बताउनुभयो । शून्य हेल्थका प्रमुख पवन खड्काले नयाँ प्रविधि सस्तो र सुलभ भएकाले ती प्रविधि गाउँ-गाउँको स्वास्थ्य चौकीमा समेत प्रयोगमा ल्याउन सकिने जानकारी दिनुभयो ।

बैठकमा सुमन्त बन्जाडे, डा. अरुण शाही, डा. सागर पौडेल, विश्वनाथ रिजाल, डा. आलोक भण्डारी, प्रभात अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. अनुज कँडेल, डा. युवराज रोका, डा. देवी बस्नेत, राधा पोखरेल, खगेन्द्र चपाई (कोस्टारिका) लगायतको सहभागिता थियो । बैठकले एनआरएनएको क्षेत्रीय स्वास्थ्य सम्मेलन आगामी जनवरी तेस्रो साता नर्थ अमेरिकामा गर्ने निर्णय गरेको छ ।

विश्वभर पाँच हजार नेपाली चिकित्सक र १५ हजार नर्स विदेशमा रहेका छन् । उनीहरूलाई क्षेत्रीयरूपमा भेला गरेर नेपालीहरूको स्वास्थ्य समस्याबारेमा मन्थन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको एनआरएनएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?