११औँ प्याब्सन मध्य क्षेत्रीय समिति बास्केटबल प्रतियोगिता सुरू, चैतन्य संस्कारको उत्कृष्ट प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ११औँ प्याब्सन मध्य क्षेत्रीय समिति बास्केटबल प्रतियोगिता आइतबारबाट काठमाडौंमा सुरु भएको छ । जसमा २३ वटा विद्यालयका ४२ टिमले सहभागिता जनाएका छन् । उद्घाटन खेलमा पुरुषतर्फ डेनेब स्कुलले सूर्योदयलाई २१-१८ को सेटमा पराजित गरेको छ । त्यस्तै, लिटिल फ्लावरले सनसाइनलाई २२–१४, हेम्सले भद्र घलेलाई ३२-१७ र स्याङ्गलले अल्वर्टलाई १४-११ कोे सेटमा पराजित गरेको छ ।

यस्तै, गल्र्सतर्फ चैतन्य संस्कार शिवालयले उत्कृष्ट प्रदर्शन गरेको छ । चैतन्यले स्याङ्गल बोर्डिङ स्कुललाई २१-० को सेटमा पराजित गरेको छ । यस्तै, भद्र घलेले सनसाइन स्कुललाई ६–४ को सेटमा पराजित गरेको छ ।

उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द वैद्यको उपस्थिति रहेको थियो । खेलको आयोजकमा प्याब्सन मध्य क्षेत्रीय समिति रहेको छ । उद्घाटन समारोहको सभाध्यक्षमा समितिका अध्यक्ष एवं आयोजक दिनेशकुमार पाण्डे रहनुभएको थियो । खेल तीन क्याटागोरिमार्फत् खेलाइएको छ । जसमा ब्वाइजतर्फ सिनियर र जुनियर र गल्र्सतर्फ सिनियरमात्र रहेका छन् । आइतबारबाट सुरु भएको खेल आठ दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?