सुरक्षित सडक र आवास आफ्नो पहिलो प्राथमिकता: सांसद ऐन बहादुर शाही

हिमालय टाइम्स
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल
मुगु । मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका मुगु पार्टी सभापतीले आफनो पहिलो प्राथमिकता सुरक्षित सडक र आवास रहेको बताउनु भएको छ ।

मंगलबार विहान नेपाल प्रेस युनियन मुगु शाखाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा मुगु जिल्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीले सो कुरा बताउनु भएको हो ।

प्रेस युनियन मुगुका अध्यक्ष विनोद कुमार मल्लको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नु हुदै माननिय शाहीले मुगुमा सडक पुगेपनि सुरक्षित र सडक मापदण्ड अनुसार नहुदा बर्षेनी हामीहरुले दर्जनौ युवा तथा बौधिक जनशक्ति सडक दुर्घटनामा परेर गुमाईएको बताउदै आफनो ५ वर्षे कार्यकालमा कर्णाली राजमार्ग फराकिलो, सरक्षित र सडक मापदण्डमा निमार्ण गर्न पहलगर्नु र हालै बाढी पहिरोले ज्यान गुमाएका, घर विहिन मुगालीहरुलाई आवासको व्यवस्था गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताउनु भयो ।

जिल्लाका ४ स्थानिय सरकार भएपनि खत्याड गाँउपालिका जिल्ला सदरमुकाम संग सडक संजालमा नजोडिदा त्यहाँका जनताहरुले अहिले पनि विभिन्न कठिनाईका बाबजुद सदरमुकाम गमगढीमा आउदा पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेकाले आफनो दोस्राे प्राथमिकतामा गमगढी-रारा-खत्याड सडक निमार्णमा हुने र यो सडक निमार्णमा रारा राष्ट्रिय निकुन्ज बाधक भएकाले निकुल्ज विभाग, पर्यटन मन्त्रालय र सडक विभागको समन्वयमा के कसरी सडक बनाउन सकिन्छ सो बारे काठमाडौ गए देखि नै आफु लागी पर्ने पनि उहाँले बताउनुभयाे ।

उहाँले संघिय सरकार मातहतका कार्यालयहरु र लोकसेवा आयोगको परिक्षा केन्द्र जुम्ला हुँदा मुगालीहरुले अझै संघियताको अनुभुती गर्न नपाएको संघिय मातहतका कार्यालय मुगुमा स्थापना गर्न र जिल्ला मै लोकसेवा आयाोगको परिक्षा दिन पाउने अवस्था बनाउन जिल्ला मै लोकसेवा आयोगको परिक्षा केन्द्र तोक्नका लागी सवन्धित निकायहरुमा पहल आफ्नो तेस्राे प्राथकिता रहेको, मुगुमा केन्द्रिय विधुत प्रसारण लाईन पुर्‍याउनु, चिनसंग जोडिएको नाक्चे लाग्ना नाका खोल्नु, गमगढी नाग्चे लाग्ना सडक निमार्ण नेपाली सेनालाई दिन पहल गर्ने, जिल्ला अस्पतालबाट विशषज्ञ सेवादिन सक्ने अस्पताल बनाउनु गमगढी दोमुख सडक, गमगढी धुलाचौर सडक र गमगढी खत्याड वैकल्पिक सडक निमार्ण गर्नु पहलगर्नु, गत असोज १९-२३ गतेसम्म परेको अविरल बर्षाले ज्यान गुमाएका र घरविहिन भएका परिवारहरुलाई राहत र घर निमार्णका लागी सरकारबाट पहल गर्ने, मुगुमा रहेको छायाँनाथ धामसम्म पुग्न सडक र भौतिक अन्य पुर्वाधार बनाई धार्मिक पर्यटकलाई मुगु आउन आक्रशित गर्ने, नेपाल कै ठुलो ताल रारामा पर्यटकहरुको बसाई लम्वाउन धार्मिक स्थल, मनोरन्जनका क्षेत्रको विकास, सुविधायुक्त बास र हवाई यातायातको भरभर्दो संरचना बनाउन पहल गर्नुपनि आफ्नो प्राथमिकतामा रहेको र शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुदसंग सवन्धित कार्य पनि संघिय, प्रदेश र स्थानिय सरकारको समन्वयमा गरिने बताउनुभयाे  ।

कार्यक्रममा सहभागी पत्रकारहरुले माननिय शाहीलाई आफ्नो कार्यकालमा कम्तिमा ४ वटा गौरवका विकासका योजना शुरु गर्न र आफनो कार्यकाल सान्सदको लिष्ट बढाउने भन्दा पनि अर्थपुर्ण, उपलब्धी पुर्ण र सबैको वा-वाई गर्ने खालको सम्झन लायक बनाउन सुझाव दिएको नेपाली काँग्रेस मुगुका प्रवक्ता प्रकाशकुमार शाहीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?