नेपाल-चाइना चेम्बर गण्डकीको अध्यक्षमा पौडेल

Read Time = 2 mins

पोखरा । नेपाल-चीन उद्योग वाणिज्य संघ (नेपाल-चाइना चेम्बर)को गण्डकी प्रदेशको अध्यक्षमा व्यवसायी वैभव पौडेललाई मनोनित गरिएको छ । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनित गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिनुभयो । पर्यटन व्यवसायी पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष, होटल बाराही, बाराही हस्पिटालिटी, बिच बार एण्ड लज, व्यञ्जन रेष्टुरेन्ट, बाराही जंगल लज, बब्स जिमलगायत विभिन्न व्यवसायका सञ्चालक हुनुहुन्छ ।

पोखरालगायत गण्डकी प्रदेशमा फैलँदो चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चाप दृष्टिगत गर्दै नेपाल-चीन उद्योग वाणिज्य संघले पहिलो प्रादेशिक च्याप्टर गठन गरिएको जनाएको छ । संघका अध्यक्ष तुलाधरले दुई देशबीच आर्थिक-सामाजिक सम्बन्ध विस्तार तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्य परिपूर्तिका लागि युवा व्यवसायी पौडेलको अध्यक्षतामा रहेको गण्डकी प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?