मेलिना र छविको ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत 'तिम्रो आँखामै हराएछु'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

अमेरिकामा रियल स्टेट व्यवसयीका रुपमा आफ्नो भिन्न छवि बनाउन सफल गायक  न्यौपाने आफ्नो व्यवसाय सँगसँगै नेपाली गीत संगीतमा पनि तल्लिन रहँदै एकपछि अर्को सशक्त म्युजिक भिडियोहरू बजारमा ल्याउने क्रममा तिम्रो आँखामै हराएछु रिलिज गरेका हुन् ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरू देख्न सकिन्छ । जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो जीवनमा सजाउने सपना देख्छन् र रमाउँछन् । भिडियोमा आलिसा बास्तोला र लोमश शर्माले अभिनय गरेका छन् ।

गीतमा कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज रहेको छ । भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरु देख्न सकिन्छ  ।

प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । गायक छविले अहिलेसम्म एक दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । उनको नयाँ एल्बम पुण्य कर्म रिलिजको तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?