सिरहामा सालनालसहित शिशु फेला

हिमालय टाइम्स
Read Time = 2 mins

सिरहा । सिरहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिहीबार बिहान बरियारपट्टी गाँउपालिका-३ बजारदेखि ७००  मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।

स्थानीय अधिकलाल यादव खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्‍याएका प्रहरीले जनाएको छ ।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम तौल रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानकारी दिए । शिशुलाई जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको बताइएको छ ।

अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । लोक लाजका कारण बच्चाको आमाले राख्न नसक्ने  भएकाले पनि फालेकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता  डिएसपी शुभाष बुढाथोकीले बताउनुभयाे ।

नवजात शिशु कसको र किन फ्यालिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?