धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एक पुरुषको शव शुक्रबार बिहान फेला परेको छ। साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा ४० वर्षीय राजकुमार मगरको शव शुक्रबार बिहान फेला परेको धनकुटा प्रहरीले जनाएको छ।
भेडेटार रवि राँके सडकमा काम गरिरहनुभएका मगरको शव फेला परेको हो ।
मगरको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी प्रबत्ता डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
मृतकको नाम खुलेपनि ठेगाना खुल्न बाँकी सकेको छैन । मृतक मगर राष्ट्रिय गौरवको आयोजना भेडेटार रवि राँके सडक विस्तार भइरहेका ठाउँमा मजदुरको रुपमा कार्यरत रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच