साहित्यकार गोपाल अश्कका कृतिहरू लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार गोपाल अश्कका कृतिहरू लोकार्पण गरिएको छ । शुक्रबार थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा अश्कका दुई कृतिहरू लोकार्पण गरिएको हो । साहित्यकार अश्कद्वारा लिखित ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ र अर्को कृति अश्कबारे विभिन्न विद्वानद्वारा लेखिएका लेखहरूको सँगालो ‘साहित्यकार गोपाल अश्क’ प्रमुख अतिथि वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले लोकार्पण गर्नुभएको हो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त कार्यक्रममा कृतिहरूबारे समालोचकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्रा.डा.कुमार कोइरालाले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भाषा आयोगका अध्यक्ष उषा हमाल र नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा.गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाशाली भएको कुरामा जोड दिनुभयो । कवि मधु पाठकको उद्घोषणमा सञ्चालित कार्यक्रममा अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका महासचिव देविका तिमिल्सिनाले राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?