जंगली हात्तीले सप्तरीमा पाँचवटा घर भत्कायो

फाइल तस्बिर

रासस
Read Time = 2 mins

सप्तरी । सप्तरीको कञ्चनरूपमा जंगली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काएको छ। जहाँ चार लाख बराबरको क्षति भएको छ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मा तीन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो ।

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताउनुभयो ।

एउटा जंगली हात्ती वडा नम्बर १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन्।

हात्ती गाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसे। यस भेगमा सालैपिच्छे हात्तीले आतंक मच्चाउनुका साथै मानिसको ज्यानसमेत लिने गरेको छ।

हात्तीको आतंकलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?