धारिलो हतियार प्रहार गरेर महिलाको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम। धनुषामा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । जिल्लाको बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज (सोमबार) बिहान हत्या भएको हो ।

हतियार प्रहारपछि गम्भीर घाइते उहाँको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएको छ।

उहाँका श्रीमान वीरेन्द्र यादवले आज बिहान करिब ४ बजेतिर तीनरचार जना नकवधारी समूह घरमा आएको र श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिनुभएको छ ।

श्रीमान वीरेन्द्रलाई पनि शंकाको घेरामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसअघि वीरेन्द्रले श्रीमतीलाई कुटपिट गर्ने गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?