नेपाल पत्रकार महासंघ बाजुराको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

तस्बिर : नेपाल पत्रकार महासंघ बाजुराको १६ औँ वार्षिक साधारणसभा उद्धघाटन

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

बाजुरा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । १५ औँ वार्षिक साधारणसभालाई विदाई गर्दै महासंघले बुधबार १६ औँ वार्षिक साधारणसभालाई स्वागत गरेको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्कबहादुर मल्लको अध्यक्षता जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको प्रमुख आतिथ्यता, बुढीगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बानियाँ, बडीमालिका नरपालिका उपप्रमुख नन्दा थापा, प्रेस सेन्टर सुदूपश्चिमका सचिव निमेन्द्र शाही र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सर्पलाल गिरीकोे बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले भौगोलिक कठिनताका बावजुद पनि विकट जिल्लामा रहेर पत्रकारिताका माध्यमबाट नागरिकलाई सत्य तथ्य सूचना समाचार सम्प्रेषण गरेकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो पत्रकारले तथ्यमा रहेर समचार लेख्नुपर्ने बताउँदै केही मिडिया र पत्रकारले तथ्य हिन समाचार लेखेको भन्दै आगामी दिन सच्चिएर जान आग्रह समेत गर्नुभयो ।
आफू पनि पत्रकारिताबाटै राजनीतिक यात्रामा पुगेकाले पत्रकारहरुको मर्म र भावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सञ्चारमाध्यको विकास सँगै पत्रकारिता क्षेत्रमा विकृति पनि बढ्दै गइरहेकाले यसलाई सुधार गरेर अगाडी बढ्न जिल्लाका क्रियाशिल सञ्चारमाध्यमका पत्रकारहरुलाई सुझाव दिनुभएको थियो ।

साधारणसभामा बोल्दै प्रेस चौतारीका केन्द्रीय सदस्य सर्पलाल गिरिले पत्रकार राज्यको चौथो अंग भएकाले सबै नागरिकलाई न्यायपूर्ण रुपमा समाचार सम्प्रेषण गरी तथ्यको खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार पार्टीको मुखपत्र नभई फरक विचार र फरक धारण र फरक आस्था भएपनि सत्य र तथ्यलाई पत्रकारले बाहिर ल्याउनुपर्नेमा कलम चलाउन आग्रह गर्नुभयो ।

पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्कबहादुर मल्ले पत्रकारको आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिँदै पत्रकार र पत्रकारीता पेशालाई थप मर्यादित बनाउन पहल गर्नु आवश्यक रहेको बताउनुभयो ।

सम्पूर्ण पत्रकारहरुको छाता संगठन महासंघ बाजुराले स्थापना काल देखि हाल सम्म बाजुराको गरिबी बेरोजगार, अशिक्षा लगायतका क्षेत्रमा सम्पूर्ण पत्रकारहरुले कलम चलाउँदै आएको र आगामी दिनमा सबै पत्रकारको कलम थप मजबुत बनाउनुपर्ने बताउनु भएको छ ।
साधारणसभामा पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नहकुल जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सांगठनिक प्रतिवेदन महासंघका अध्यक्ष छक्कबहादुर मल्लले प्रस्तुत गर्नुभएको थियो ।

साधारसभामा पत्रकार महासंघ बाजुराका उपाध्यक्ष संगिता तिमिलसेनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्ंचाल महासंघ बाजुराका सचिव रमित बिकले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न छापा, अनलाइन रेडियो टेलिभिजनमा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?