सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

Read Time = 2 mins

काठमाडौं । सोनामले आफ्ना उत्पादनमा ७० प्रतिशतसम्म छुट प्रदान गरेको छ । पुस १६ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्राण्ड सोनामले वार्षिक विन्टर छुट योजना ल्याएको हो । छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुटका साथै नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट प्रदान गरेको छ ।

सोनाम ब्राण्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोशाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् । ठमेलको क्वाबहाल र ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, चितवनको सिजी ल्याण्डमार्क, सुनसरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडका साथै बुटवलमा पनि सोनामका शोरुम रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?