राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजीनामा स्वीकृत गरेको छ । क्यानले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा बिहीबार स्वीकार गरेको जनाएको छ ।

भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागु हुने गरी राजीनामा दिनुभएको थियो । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?