महिलाले उच्च शिक्षा लिन नपाउने तालिवानको निर्णय सच्याउन अपिल

Read Time = 3 mins

संयुक्त राष्ट्रसंघ । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्रसंघीय वुमन (युएन वुमन) का कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गर्नु भएको हो ।

उहाँले भन्नुभएको छ, अफगानिस्तानको तालिवान सरकारको गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ । शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ ।
तालिबान सरकारका शिक्षा मन्त्रीले यसै हप्ता तालिवान सरकारले सो निर्णय गरेको बताउनुभएको थियो । अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भएको छ ।

मंगलबारमात्र पनि अफगानिस्तानमा लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गर्नुभएको छ । उहाँले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद् भएको धारणा संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले राखेका छन् ।

दुई वर्षअघि अफगानिस्तानमा तालिवानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरूलाई धेरै सार्वजनिकस्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरू विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

तालिवानहरूले यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसंघीयसभा तथा बैठकहरूमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा राखिएको छ । बहाउसले बुधबार एक अपिल जारी गर्दै अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रूपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न पाउनुपर्ने बताउनुभएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?