यु-१४ टेनिस प्रतियोगिताः राजवीर र ताङ फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमडौं । नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को ब्वाइज सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६-१ र ६-३ को सोझो सेटमा पराजित गरे । फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसंग हुनेछ । ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सीधा सेटमा ६-४ र ६-१ ले हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

सातदोबाटोस्थित टेनिक कोर्टमा भएको गल्र्स सिंगल्समा भारतकी सराह चौधरीले नेपालकी स्वस्तिका विष्टलाई ६-३ र ६-० तथा भारतकी तनिशा भत्नागरले नेपालकी प्रशंसा मोक्तानलाई ६-२ र ६-२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

ब्वाइज डबल्समा हङकङका ताङ र यिमको जोडीले नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीलाई ७-५, १-६ (१५–१३) तथा भारतका सिद्धार्थ र भिभान मिर्धाको जोडीले भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीलाई ६-३ र ६-० ले पन्छ्याउदै फाइनलमा भिडन्त पक्का गरे ।

गर्ल्स डबल्समा भारतकी हनी जुमानी गौरव र नेपालकी प्राज्ना मानन्धरको जोडीले नेपालकी प्रशंसा र भारतकी तनिशाको जोडीलाई ६-३ र ६-१ तथा नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीले नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीलाई ७-६ ९७०, ३–६ (१०–८) ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । डबल्स फाइनल शुक्रबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?